www.tandavnews.com
Fact ~ In search of truth

महाकाली तुइन घटना:छानबिन समितिद्वारा मन्त्रीसँग छलफल

काठमाडौं ।

महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न गठित टोलीले आज सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीसँग धनगढीमा छलफल गरेको छ ।

गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वमा गठित उक्त टोलीले दार्चुलामा रहेर गरेका कामबारे छलफल गरेको हो ।छानबिन टोलीसँगकोे भेटका क्रममा सीमा सुरक्षा र दार्चुलावासीले सीमा नाका आवागमन गर्दा भोगिरहेको कठिनाइ लगायतका बारेमा छलफल भएको मन्त्री जोशीले जानकारी दिए।

Batas

उक्त टोली आजै कञ्चनपुरतर्फ गएको जनाइएको छ । यही साउन १५ गते तुइनबाट महाकाली नदी तर्ने क्रममा धामी बेपत्ता भएका थिए । बेपत्ता भएको १२ दिनसम्म पनि उनको अवस्था अज्ञात छ । भारतको बाटो भएर सदरमुकाम खलङ्गा आउने क्रममा व्यास गाउँपालिका–२ मालघाटमा तुइन तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइन काट्दा जयसिंह बेपत्ता भएको बताइएको छ । महाकाली नदी दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुर भएर बग्ने गर्दछ ।

बेपत्ता जयसिंहको खोजीका लागि दार्चुलामा नेपाल प्रहरीको प्राविधिक टोलीसँगै ‘ड्रोन क्यामेरा’ प्रयोग गरिएको छ । नेपाल सरकारले घटनाको छानबिनका लागि साउन १७ गते सहसचिव जनार्दन गौतम नेतृत्वको छानबिन टोली गठन गरेको थियो ।

उक्त छानबिन समितिले जिल्लामा रहँदा नेपाल–भारत दुवैतर्फबाट घटना भएको ठाउँको स्थलगत निरीक्षण गर्नाका साथै जिल्लास्थित राजनीतिक दल, जनप्रतिनिधि, पत्रकार, मानवअधिकारकर्मी, स्थानीयवासी र घटनाका प्रत्यक्षदर्शी तथा सुरक्षा निकायसँग छलफल गरी सूचना सङ्कलन गरेको थियो । टोलीले घटनास्थलको नेपाल–भारत दुवैतर्फ स्थलगत अवलोकन अध्ययन पनि गरेको थियो ।रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.