www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीः ५ संक्रमितको निधन, कास्कीका १९७ सहित थपिए ६८० संक्रमित

५१९ जना संक्रमणमुक्त

पोखरा /ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा ५ संक्रमितले ज्यान गुमाएका छन् ।

ज्यान गुमाउनेमा कास्कीका १, स्याङ्जाका २,बागलुङका १ र तनहुँका १ जना रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । यो सँगै प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार १ सय ५४ पुगेको छ ।

Batas

यस्तै पछिल्लो २४ घण्टामा गण्डकीमा ६८० संक्रमित थपिएका छन् ।संक्रमित हुनेमा कास्कीका १९७ जना, मुस्ताङका १, म्याग्दीका १०, पर्वतका ८८,गोरखाका १२१, लमजुङका २३,तनहुँका ३४, बागलुङका ८४, स्याङ्जाका ६८ र नवलपरासीका ५४ जना रहेका छन् ।
३२८ महिला र ३५२ पुरुषमा संक्रमण पुष्टि भएको हो । यो सँगै संक्रमित हुनेको संख्या ७३हजार ८६१ पुगेको छ ।

यस्तै सोही समयमा प्रदेशमा आज ५१९ जना सन्चो भएका छन् । आज सन्चो भएकासँगै हालसम्म ६६ हजार ५ सय ७५ जनाले कोरोना जितेका छन् । हाल प्रदेशमा ६ हजार १३२ सक्रिय संक्रमित छन् । जसमध्ये ५ हजार ८ सय ११ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.