www.tandavnews.com
Fact ~ In search of truth

आठ महिनाभित्र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा ‘टेष्ट फ्लाइट’ हुने

अर्जुन गाहा सुशान्त/जीवन सुवेदी
पोखरा/ताण्डव न्यूज

निर्धारत समयमै निर्माण पूरा हुन नसकेर एक वर्ष म्याद थपिएको पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थलमा अबको आठ महिनाभित्र परीक्षण उडान हुने भएको छ । राष्ट्रिय गौरवको आयोजना अन्र्तगत चिनियाँ कम्पनी सिएएमसी कम्पनीले निर्माण गरिरहेको विमानस्थलको निर्माणकार्य तिब्र पारेसँगै संरचना निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको छ ।

ईपीसी मोडलमा सम्झौता भएको उक्त निर्माणाधिन विमानस्थलको निर्माण कार्य ८२ प्रतिशत सम्पन्न भएको आयोजना प्रमुख ईन्जिनियर विनेश मुनकर्मीले बताए । उनका अनुसार बाँकी रहेको १८ प्रतिशत मध्ये ८ प्रतिशत सिभिल र १० प्रतिशत सौन्दर्यकरणको काम बाँकी रहेको छ । उनले फेरी कोरोनाको तेस्रो लहर पनि देखिन सक्ने भन्दै एक वर्ष समय थप गरेको बताए । उनले एक वर्ष थप गरेपनि यही साल (२०७८) मै सम्पूर्ण काम सकेर नेपाल सरकारलाई हस्तान्तरण गर्ने बताए । ‘कोरोनाको तेस्रो लहर पनि आउन सक्ने भनेर एकैचोटी एक वर्षको म्याद थपेको हो, उनले भने, ‘तर हामीले हाम्रो काम म्याद अघि नै सकाउछौ ।’

Batas

ईन्जिनियर मनकर्मीका अनुसार अहिले रङरोगन लगाउने, फिनिसिङ, एयरपोर्ट सिगार्ने काम (सौन्दर्यकरण) तथा गार्डेनिङ (ल्याण्डस्केपिङ) को काम भैरहेको छ । उनले कोरोना भाईरसको महामारीकै बिच नेपाली तथा चिनिया गरि ४ सय बढि कामदारहरुले काम गरिरहेको जानकारी दिए । उनले मुआब्जा वितरण गर्ने काम ०.५ प्रतिशत (२० रोपनी) मात्र बाँकी रहेको बताए । ‘हाम्रो ९९.५ प्रतिशत मुआब्जा सकियो’, उनले भने, ‘बाँकी रहको २० रोपनी जग्गाको प्रोसेसिङमा छ ।’

जहाज उडान तथा अवतरणका लागि बाधक मानिएको रिठेपानी डाडाँ कटानको प्रक्रिया पनि सुरु भएको बताए । ‘हामीले क्याबिनेटको निर्णय कुर्याै तर नभएको अवस्था छ हामीले आफ्नै अध्ययन सुरु गरेका छौ । काट्नको लागि पूर्व तयारी सबै सक्काएका छौ, उनले भने, ‘रुखहरुमा टाँका लगाउने काम, सिमाङ्कन, पूर्व तयारीको सर्वे लगायत गरिसकेका छौ निर्णय हुने बित्तिकै हामी टेण्डरमा जान्छौ । र टेण्डर भएपश्चात करिब ६ महिना लाग्छ । ’

ईन्जिनियर मुनकमीले दुईवटा डाडाँ कटान गर्नुपर्ने बताउदै पहिलो डाडाँको ४० मिटर र दोस्रो डाडाँको १२.५ मिटर कटान गरिने बताए । ‘फ्लाईट गर्नको लागि सबै डाडाँ काट्नुपर्छ भन्ने छैन’, मुनकर्मीले भने, ‘४० र १२ मिटर काट्नपर्ने भएपनि १५/२० मिटर काटेपनि टेष्ट फ्लाईटको लागि प्लेन आउन सक्छ ।’

‘कोभिड–१९’ कोरोना भाईरसको महामारीका कारण एक वर्ष थप गरिएपनि लागतमा बृद्धि नहुने बताए । ‘हाम्रो यो ईपीसी कन्ट्रयाक्ट भएको हुदा लागत फिक्स हुन्छ यसमा लागत बढ्दैन’ उनले भने, ‘हामीले भनेको २ सय १५. ९५ मिलियन अमेरिकी डलर जुन छ त्यही नै हुन्छ’ उनले थपे ।

मुनकर्मीले यही वर्ष (२०७८) भित्रै परिक्षण उडान (टेष्ट फ्लाईट) हुने बताए । उनले भैरहवा र पोखराको उडान सँगै गर्ने बताउदै प्रक्रिया थालेको बताए । ‘पोखरा र भैरहवाको सँगै हुने सम्भावना छ, उनले भने, ‘भैरहवामा थाईल्यान्डबाट हुने कुरा छ । पोखराको कहाँबाट हुन्छ यकिन छैन ।’

सरकारले १० जुलाई २०२१ सम्ममा निर्माण सम्पन्न गर्नेगरी चिनको सिएएमसी ईञ्जिनिरिङ कम्पनीलाई विमानस्थल निर्माणको जिम्मा दिएको थियो । अन्र्तराष्ट्रिय नागरिक उड्डयन अर्गनाइजेसन (आइकाओ)को मापदण्ड अनुसार फोरडी मोडलमा निर्माण भइरहेको यस विमानस्थलमा न्यारोवडीका १९० सिटे विमानहरू उडान तथा अवतरण हुनेछन् ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.