www.tandavnews.com
Fact ~ In search of truth

पोखराः साढे तीनलाख बढी नगदसहित १३ जुवाडे पक्राउ

पोखरा /ताण्डव न्यूज ।

पोखरामा १३ जुवाडे पक्राउ परेका छन् ।

पोखरा महानगरपालिका वडा नं. १० उत्तमचोकस्थित सरु गुरुङको घरकोठामा जुवा तास खेलिरहेका १३ जुवाडेलाई हिजो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

Batas

उनीहरुको साथबाट तीन लाख ५१ हजार ५ सय ४० रुपैयाँ र ४ बुक तास बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा पोखरा १० उत्तमचोक बस्ने वर्ष ३५ की सरु गुरुङ, वडा नं.१५ ट्याक्सी चोक बस्ने वर्ष ४८ को मन बहादुर क्षेत्री, वडा नं.१५ नयाँ गाउँ बस्ने वर्ष ४१ को भुपेन गुरुङ, वडा नं.१७ हनुमानटोल बस्ने वर्ष ४७ को थमन सिंह गुरुङ, वडा नं १७ घारिपाटन बस्ने वर्ष ४४ को हर्क बहादुर थापा मगर, वडा नं १० उत्तम चोक बस्ने वर्ष ४८ को सुरेन्द्र बहादुर गुरुङ,वडा नं. १४ हवेली मार्ग बस्ने बर्ष ३५ को सन्जेव गुरुङ, वडा नं. ८ सिमलचौर बस्ने बर्ष ६० की कृष्णा गुरुङ रहेका छन् ।

त्यस्तै वडा नं. १५ रामबजार बस्ने बर्ष ३६ की राममाया गुरुङ, वडा नं. १० अन्नपुर्ण टोल बस्ने बर्ष ४० की श्री कुमारी गुरुङ,वडा नं.१५ नयाँ गाउँ बस्ने बर्ष ३६ की हिरा थापा,वडा नं. १३ भद्रकाली बस्ने बर्ष ४२ की माया तामाङ,वडा नं.१५ नयाँगाउँ बस्ने बर्ष ४० की कमला मगर रहेका छन् ।

उनीहरुमाथि सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टा बाजी गर्न नहुने मुद्दा शीर्षकमा अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.