www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीः पोखरा महानगरका ७ संक्रमितको निधन

कास्कीका २५५ सहित ६८० जनामा संक्रमण

पोखरा/ ताण्डव न्यूज ।

गण्डकी प्रदेश अन्तर्गत पछिल्लो तथ्यांक अनुसार पोखरा महानगरका मात्रै ७ संक्रमितको निधन भएको छ ।

ज्यान गुमाउनेमा पोखरा १५ का एक, १६ का एक,३३ का १, १० का १,२९ का १, १४ का १ र १३ का एक संक्रमित रहेका छन् । कास्की बाहेक प्रदेशका अन्य जिल्लामा आज मृतकको संख्या शुन्य रह्यो । प्रदेशमा हालसम्म १ हजार १ सय ६१ संक्रमितले ज्यान गुमाएका छन् ।

Batas

यस्तै पछिल्लो २४ घण्टामा गण्डकीमा ६५४ संक्रमित थपिएका छन् ।संक्रमित हुनेमा कास्कीका २५५ जना, म्याग्दीका १२, पर्वतका २२,गोरखाका ३९, लमजुङका ६,तनहुँका १०२, बागलुङका ९७, स्याङ्जाका ५८ र नवलपरासीका ६३ जना रहेका छन् ।
३२४ महिला र ३३० पुरुषमा संक्रमण पुष्टि भएको हो । यो सँगै संक्रमित हुनेको संख्या ७४हजार ५१५ पुगेको छ ।

यस्तै सोही समयमा प्रदेशमा आज ३३२ जना सन्चो भएका छन् । आज सन्चो भएकासँगै हालसम्म ६६ हजार ९०७ जनाले कोरोना जितेका छन् ।

हाल प्रदेशमा ६ हजार ४४७ सक्रिय संक्रमित छन् । जसमध्ये ६ हजार २ सय २१ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.