www.tandavnews.com
Fact ~ In search of truth

बाढीले बगाएको सिल्टेसन ड्यामको पुननिर्माण ठेकेदार कम्पनीले नै गर्ने

जिवन सुवेदी
पोखरा/ताण्डव न्यूज

हर्पन खोलाको बाढीले क्षति पुर्याएको सिल्टेशन ड्याम पुन:निर्माण गरिने भएको छ । पोखरा महानगरपालिकाको वडा नं. २३ को घाँटीछिना स्थित हर्पन खोलामा निर्माण गरिएको ड्याम गत असार २३ गते राती बाढीले बगाएको थियो ।

बाँधमा पुगेको क्षतिको विषयमा पोखरेली नागरिक, संचारकर्मी तथा आम सरोकारवालाहरुले व्यक्त गरेको चासोपछि  सो ड्यामको निर्माणकर्ता खड़का कृष्ण पि. के (जे.भि.)ले नै क्षतिको मर्मत संभार गर्ने प्रतिवद्धता जाहेर गरेको पोखरा महानगरले जनाएको छ ।

Batas

महानगरका प्रवक्ता धनबहादुर नेपालीले बिहिवार विज्ञप्ति जारी गर्दै उक्त ड्याममा भएको क्षतिको विषयमा सार्वजनिक खरिद ऐन तथा नियमावली बमोजिम समस्याको निराकरण गर्ने प्रयास गरेको र सोही क्रममा सम्बन्धित सरोकारवाला पक्षसंग पत्राचार तथा वार्ता पश्चात् निर्माण कम्पनीले नै पुनःनिर्माणको जिम्मा लिने सहमती भएको हो ।

उक्त कम्पनीले खोलामा पानीको सतह घटेपछि तत्काल पुनःनिर्माण आरम्भ गर्ने जनाएको छ । ‘हर्पन खोलाको ड्याममा पुग्न गएको सम्पूर्ण क्षतिको पुनःनिर्माणमा यस महानगरपालिकाले कुनै पनि प्रकारको थप आर्थिक भार व्यहोर्न नपर्ने गरी पुनःनिर्माणको कार्य गराइने व्यहोरा जानकारी गराईन्छ ।’ विज्ञप्तिमा उल्लेख छ ।

ड्याममा भएको क्षतिबारे महानगरले यस अघिनै विज्ञप्तिमार्फत जानकारी गराईसकेको प्वक्ता नेपालीले उल्लेख गरेका छन् ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.