www.tandavnews.com
Fact ~ In search of truth

पोखरा औद्योगिक क्षेत्रका १ हजार जनाले लगाए कोरोना विरुद्धको खोप

पोखरा /ताण्डव न्यूज ।

गण्डकी प्रदेशको एक मात्र पोखरा औधोगिक क्षेत्रमा रहेका उद्यमी व्यवसायी र मजदुरहरु लाई औपचारिक रुपमा कोभिड विरुद्धको खोप लगाउने कार्य सुरु भएको छ । औधोगिक क्षेत्र भित्र खोप केन्द्र स्थापना गरी खोप लगाउन थालिएको हो ।

औगोधिक क्षेत्रमा रहेको खोप केन्द्रको निरीक्षणमा पुगेका पर्यटन, उद्योग वाणिज्य तथाआपूर्ति मन्त्री मणिभद्र शर्मा र कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले पोखरा औधोगिक क्षेत्रको वस्तुस्थितीको बारेमा समेत जानकारी लिएका छन् ।

Batas

औधोगिक क्षेत्र रहेका व्यवसायी र मजदुरलाई क्रमशः सबैलाई खोप लगाउने बताउँदै मन्त्री शर्माले व्यवसाय आम जीवन सँग जोडिने विषय भएकाले प्राथमिकता दिएको बताएका छन् । त्यसैगरी कानुनमन्त्री थापाले औधोगिक क्षेत्रले आपत्तको समयमा अति आवश्यक खाद्य तथा अक्सीजन जस्ता सामाग्री उत्पादन गरेकोमा धन्यवाद ज्ञापन गर्दै उद्योगी व्यवसायीहरुको पिर मर्का बुझ्ने काम राज्यले गर्नु पर्ने बताए ।

पोखरा औधौगिक क्षेत्र उद्योग संघका अध्यक्ष सुरेशबहादुर श्रेष्ठले खोप अभियान सुरुवात भएकोमा खुसी व्यक्त गर्दै उद्योग क्षेत्रको विकासमा गण्डकी प्रदेश सरकारले थप ध्यान दिनुपर्ने बताए । पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष गोर्कण कार्कीले वर्तमान सरकारले विषयगत रुपमा खोपको व्यवस्थापन गरी उद्यमी व्यवसायी र मजदुरहरुको हौसला बढाएकोमा आभार व्यक्त गरे ।

कोभिड १९को महामारी चलिरहँदा पनि औधोगिक क्षेत्रको गतिविधी सुरक्षित तरिकाले सञ्चालन भईरहेको र पूर्व सावधानीको लागि खोप कार्यक्रमले मजदुर तथा व्यवसायी, कर्मचारीहरु उत्साही भएको कायममुकायम क्षेत्र प्रबन्धक भूषण कुमार उपाध्यायले जानकारी दिए ।

करिब ३ हजारको हाराहारीमा उद्यमी व्यवसायी र मजदुरहरु रहेको औधोगिक क्षेत्रमा आज एक हजार जनालाई खोप लगाईएको हो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.