www.tandavnews.com
Fact ~ In search of truth

खोप माग्दै पर्यटन व्यवसायी रामले गापा अध्यक्षलाई लेखे चिट्ठी

पाेखरा/ताण्डव न्यूज

विषम परिस्थितिबाट पर्यटन उद्योगलाई जोगाउन सरकारले हरतरह प्रयास गरिरहेको छ । पछिल्लो समयमा क्षमताभन्दा आधा पर्यटकलाई होटलमा राख्न सकिने सरकारको निर्णयले पोखरा केही चलायमान भएको छ ।

यसैबीच, पर्यटन व्यवसायीहरुले आफु सम्बद्ध क्षेत्रमा कार्यरत कर्मचारीलाई खोपको व्यवस्था गर्न आग्रह गरेपछि गत शुक्रबार करिब २ हजार ५ सय जनाले खोप लगाएका छन् । लेकसाइडमा रहेका व्यवसायी र कर्मचारीले खोप पाएपछि माछापुच्छ्रे गाउँपालिकामा क्यानोइङ र रिसोर्ट सञ्चालन गरेका व्यवसायी राम गुरुङले खोपको माग गरेका छन् ।

Batas

पर्यटन व्यवसायी गुरुङले लाहाचोकस्थित गापाको कार्यालय नै स्थानीय व्यवसायीको सिंहदरबार भएको भन्दै सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष कर्ण गुरुङसमक्ष खोपको व्यवस्थ गर्न माग गरेका छन् । गाउँपालिकाभित्र होमस्टे, प्रचलित मर्दी हिमाल पदमार्ग र माछापुच्छ्रे नमुना पदमार्ग रहेको ध्यानाकर्षण गराउँदै उनले खोपको व्यवस्था गरी सेवामा जुट्ने वातावरण मिलाइदिन माग गरेका हुन् ।

उनले अध्यक्ष गुरुङलाई लेखेको पत्र तस्बिरको स्वरुप यस्तो छः

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.