www.tandavnews.com
Fact ~ In search of truth

अफगानिस्तानको राजधानी काबुल कब्जा गर्ने तयारीमा तालिबान लडाकु

तालिबान लडाकुले अफगानिस्तानको आधाभन्दा बढी प्रान्तीय राजधानीमाथि कब्जा गरेको छ । ३८ प्रान्तीय राजधानीमध्ये हिजोसम्म तालिबानले २० राजधानीमाथि कब्जा गरिसकेको छ ।

अमेरिकाले अफगानिस्तानबाट आफ्नो सेना फिर्ता गरेपछि तालिबानले आक्रमण सुरु गरेको हो । अफगानिस्तानको राजधानी काबुल कब्जा गर्ने तालिबानले तयारी गरेपछि त्यहाँ रहेका विभिन्न देशका दूताबासहरु खालि गराइँदैछ । तालिबान लडाकु काबुलबाट मात्रै ३ सय किलोमिटरको दुरीमा रहेको छ । कुनैपनि समय उनीहरुले राजधानी काबुललाई नियन्त्रणमा निल सक्ने भएकाले मानिसहरु त्रसित बनेका छन् ।

यसैबीच, संयुक्त राष्ट्र संघले अफगानिस्तानको अवस्था भयावह बन्दै गएकोमा चिन्ता व्यक्त गरेको छ । संघका महासचिव एन्टिनियो गुटेर्रसले अफगानिस्तानको अवस्था नियन्त्रण बाहिर जान लागेको भन्दै चिन्ता व्यक्त गरेका हुन । उनले दुवै पक्षलाई नागरिकको सुरक्षामा विशेष ध्यान दिन आग्रह गर्दै नागरिकमाथिको आक्रमण मानवीय र अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको समेत बताएका छन् ।

Batas

-एजेन्सी

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.