www.tandavnews.com
Fact ~ In search of truth

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज पनि बस्दै

काठमाण्डौँ ।

माओवादी केन्द्रको केन्द्रीय समितिबैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सुरु हुने नेता रेखा शर्माले बताईन् ।

हिजोदेखि सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको राजनीतिक प्रस्ताव पेस गरेका छन् । उक्त प्रस्तावमा आज समूहगत छलफल गरिने नेता शर्माले बताईन । प्रचण्डको प्रस्तावमा वाम लोकतान्त्रिक गठबन्धनलाई आगामी निर्वाचनसम्म लैजाने भनिएको छ भने आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने उल्लेख छ ।

Batas

यही भदौ मसान्तभित्र माओवादी केन्द्रले देशैभरि पार्टी सदस्यता वितरण एवं नवीकरणको काम सम्पन्न गर्ने पनि प्रस्तावमा उल्लेख छ । मङ्सिर १५ मा सातै प्रदेशको अधिवेशन सम्पन्न गरेपछि माओ दिवसको दिन पारेर पुस ११ गते राष्ट्रिय सम्मेलन गर्ने अध्यक्ष प्रचण्डको प्रस्ताव छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.