www.tandavnews.com
Fact ~ In search of truth

नाडाको नेतृत्वमा अर्बपति चौधरीलाई पोखराबाट थापाको चुनौति

जीवन सुबेदी
पाेखरा/ताण्डव न्यूज

नेपाल अटोमोबाइल डिलर्स एसोसिएशन (नाडा) अर्थात् अटोमोबाइल्स एशोसिएशन अफ नेपालको आगामी नेतृत्वमा अर्बपति घरानाका करणकुमार चौधरीलाई पोखराका व्यवसायी ध्रुबकुमार थापाले टक्कर दिने भएका छन् । भदौ २५ गते चुनाव हुने भनिएपनि हाल उक्त मिति स्थगित भएको छ ।

अधिवेशनको मिति टुंगो नलागेपनि थापाले नाडाको नेतृत्वमा आफुले उम्मेदवारी दिने बताएका छन् । ‘अधिवेशन जहिले भएपनि म अध्यक्षमा उठ्ने पक्को हो’ ताण्डवसँग थापाले भने ‘साथीहरुकै सहयोग र आकांक्षा अनुरुप म चुनावमा उठ्दैछु ।’ कार्यसमितिकै सदस्यहरुकै चाहना र योजनाअनुसारै नाडाको नेतृत्व सम्हाल्न आफु तयार भएको थापाले भने ।

Batas

भदौ २५ मा अधिवेशन हुने भएपनि हाल कोभिड र सदस्यता विवादकाकारण मिति स्थगित भएको उनले बताए । यद्यपि, अधिवेशन जहिले भएपनि अध्यक्षमा उठ्ने पक्का भएको थापाले प्रष्ट्याएका छन् ।

‘तपाइले सिजी घरानाका करण चौधरीविरुद्ध उम्मेदवारी दिँदैहुनुहुन्छ ?’ भन्ने प्रश्नमा थापा भन्छन्, ‘उहाँ (चौधरी) उठ्ने कुरा मैलेपनि सुनेको छु, तर म ब्याक हुने कुरै आउँदैन ।’ आफु पनि लामो समयदेखि अटोमोबाइल्स क्षेत्रमा रहेको र राजधानीसँगै मोफसललाई पनि बुझेको थापाले दाबी गरे । ‘म सानो व्यापारबाट उठ्दै यहाँसम्म आइपुगेको हुँ ।,’थापाले अतीत सम्झँदै भने ‘३ वटा पुराना मोटरसाइकलबाट रिकण्डीसन हाउस मेरो स्टार्टअप हो ।’

हिमालय अर्गनाइजेशनका अध्यक्ष थापा हाल अटोमोबाइल्ससँगै, हस्पिटालिटी, रियल स्टेट, इञ्जिनियरिङलगायतका व्यवसायमा आबद्ध छन् ।

यता, फोब्र्समा सूचिकृत चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीका भतिज करणले पनि ‘जित्ने’ उद्देश्यकासाथ उम्मेदवारी दिने भएका छन् । अमेरिकाको हार्वड विश्वविद्यालयबाट स्नातकोत्तर सकाएर ग्रुपमा आबद्ध भएका चौधरी हाल सिजी होल्डिङ र सिजी मोटोकर्पका कार्यकारी निर्देशक हुन् ।

चौधरीले अटोमोबाइल्समा आबद्ध साना, ठूला सबै व्यवसायीको समस्या समाधान गर्न सक्षम भएको भन्दै उम्मेदवारी दिएका छन् । ठूलो घरानाको व्यवसायी भएपनि गाडी मेकानिक्सबाट करिअर सुरु गरेको बताउँदै चौधरीले नाडाभित्रको सबै समस्यासँग परिचित भएको बताएका छन् ।

कृष्णप्रसाद दुलाल अध्यक्ष रहेको कार्यसमितिमा चौधरी उपाध्यक्ष र थापा सदस्य रहेका छन् ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.