www.tandavnews.com
Fact ~ In search of truth

नेपाल सांस्कृतिक संघद्वारा पोखरामा प्रदेश स्तरीय सांस्कृतिक भेलाको आयोजना

पोखरा /ताण्डव न्यूज ।

पोखरामा प्रदेश स्तरीय सांस्कृतिक भेला कार्यक्रम गरिने भएको छ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघ समन्वय समिति गण्डकी प्रदेशले उक्त भेला गर्ने भएको हो । आगामी मंसिर १७ र १८ गते सो कार्यक्रम गरिने शनिबार बसेको समितिको बैठकले निर्णय गरेको छ ।

कार्यक्रमको पहिलो दिन ¥याली झाँकी सहित समुद्घाटन गरिने र दोस्रो दिन वृहत अन्तरक्रिया सहित समापन गरिने नेपाल सांस्कृतिक संघ समन्वय समिति गण्डकी प्रदेशका सह-संयोजक कृष्ण कुमार गुरुङले जानकारी गराए ।

Batas

यसअघि नै संयोजकमा कुमार राना, सह-संयोजकमा कृष्ण कुमार गुरुङ, सचिवमा चोलेन्द्र पौडेल, कोषाध्यक्षमा सिता केसी, सदस्यहरुमा शुभराम भारी, हरी सुवेदी, विन खाती, डाल्डादेवी भुजेल, रिया गुरुङ हुने गरी मुलकार्यसमिति गठन गरिएको थियो ।

शनिबारको बैठकले मुल कार्यसमितिमा स्याङजाबाट घनश्याम रिजाल, पर्वतबाट रामचन्द्र पौडेली(आरसी),तनहुँबाट गल गुरुङ(दिपु), नवलपुरबाट प्रेम बहादुर कुमाल, मुस्ताङबाट सुभल कुमार हिराचन, गोरखाबाट होम गुरुङ, स्याङजाबाट सुनिता नेपाली, बागलुङबाट ज्योती लोहनी , लमजुङबाट राजु गुरुङ र लमजुङबाट रोशन कुताल क्षेत्रीलाई मनोनित गरेको सचिव चोलेन्द्र पौडलले बताए ।

बैठकले कार्यक्रम सम्पन्न गर्न विभिन्न उपसमिति समेत गठन गरेको छ । प्रचारप्रसार उपसमिति संयोजक सन्तोष बस्याल रहेका छन् भने सह-संयोजकमा सन्तोष सुवेदीलाई जिम्मेबारी दिइएको छ । सांस्कृतिक उप-समितिको संयोजक घनश्याम रिजाल रहने गरी सह-संयोजक राजन कार्की, सदस्यहरुमा रामजी पौडेल र रिया गुरुङलाई जिम्मेबारी प्रदान गरिएको छ ।

अतिथि सत्कार उप-समितिको संयोजकमा ज्योती लोहनी र सह-संयोजकमा सुनिता नेपाली रहेकी छिन् । स्टेज व्यवस्थापन उप-समितिको संयोजकमा हर्क आले मगर र सह-संयोजकमा सोम गुरुङलाई बैठकले जिम्मेबारी दिएको छ ।

यातायात व्यवस्थापन उप-समितिको संयोजकको जिम्मेबारी रामचन्द्र पौडेल (आरसी) पाएका छन् भने सह-संयोजकको जिम्मेबारी प्रेम बस्याललाई सुम्पिएको छ । खाजा, खाना, बास व्यवस्थापन उप-समितिको संयोजकमा अरुण गुरुङ रहेका छन् भने सह-संयोजकमा तारा गुरुङ छिन् । साउण्ड सिस्टम व्यवस्थापन उप-समितिमा संयोजक नारायण दानीलाई जिम्मेबारी दिइएको छ भने सह-संयोजकमा प्रदीप त्रिपाठी रहेका छन् ।

स्वयं सेवक व्यवस्थापन उप-समितिमा संयोजक होम गुरुङ रहेका छन् भने सह—संयोजकमा सुनील बानीयाँ छन् । महिला कलाकार समन्वय व्यवस्थापन उप-समितिको संयोजकमा सरस्वती लामीछाने, सह-संयोजकमा सरस्वती परीयार र सदस्यमा शान्ती डोटेलले जिम्मेबारी पाएका छन् । आमा समुह व्यवस्थापन उप-समितिको संयोजकमा जुना क्षेत्री र सह-संयोजकमा रिता कुँवर रहेकी छिन् ।

बैठकले आर्थीक व्यवस्थापन उप-समितिको संयोजकको जिम्मेबारी गोविन्द कोइरालालाई सुम्पेको छ भने सह-संयोजकमा कुसुम केसी रहेकीछिन् । प्रतिनिधि व्यवस्थापन उप-समितिको संयोजक मेघनाथ रिमाल रहेका छन् भने सह-संयोजकमा रामचन्द्र पौडेल छन् ।

सुरक्षा व्यवस्थापन उप-समितिको संयोजकको जिम्मेबारी नौजङ्ग गुरुङलाई दिइएको छ, सह-संयोजकमा शिव गुरुङ रहनेछन् । यस्तै प्राथामिक उपचार व्यवस्थापन उप-समितिको संयोजकमा रमाकान्त ढुङ्गाना र सह-संयोजकमा नेत्र खड्का रहेका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.