www.tandavnews.com
Fact ~ In search of truth

मनाङ: विद्यालयमा प्रहरी चौकी

मनाङ ।

गत असार १ गते र्मस्याङ्दी नदीमा आएको बाढीपहिराले जिल्लामा धेरै भौतिक क्षति भएको छ । यहाँका अधिकांश बस्ती विस्थापित भएका छन् । बाढीपहिराका कारण प्रहरीचौकी नै पूर्ण रुपमा विस्थापित भएको छ ।

बाढीपहिराले नासों गाउँपालिका–३ स्थित सीमा प्रहरीचौकी धारापानीको भवन बगाएपछि पूर्णरुपमा सो चौकी विस्थापित भएको छ । बाढीपहिराले चौकी बगाएपछि अहिले विद्यालयमा प्रहरीचौकी राखिएको सीमा प्रहरीचौकी धारापानीका इञ्चार्ज प्रहरी निरीक्षक कमल मजाकोटीले जानकारी दिए ।

Batas

जिल्लाका भौतिक संरचना बगाए पनि चौकीमा रहेका हतियार र गोलीगठ्ठा जोगाउन सकिएको उनले बताए । साथै भवनमा रहेका अन्न, खाद्यान्नलगायतका विभिन्न सामग्री भने जोगाउन नसकिएको उनी बताउछन् । अहिले धारापानी प्राथमिक विद्यालयको भवनबाट सेवा प्रवाह भइरहेको उनले जानकारी दिए।

र्मस्याङ्दी नदीको बाढीले यहाँका सरकारी तथा गैरसरकारी कार्यालयका भौतिक संरचनामा धेरै क्षति पु¥याएको छ । केही कार्यालय भौतिक संरचनामा क्षति पुगेपछि विस्थापित भएका थिए । लमजुङ बेँसीशहर–चामे सडक पूर्ण रुपमा अवरुद्ध हुँदा मर्मतका आवश्यक सामग्री ल्याउन नसक्दा भौतिक संरचना निर्माणमा ढिलाइ हुने भएको छ । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.