www.tandavnews.com
Fact ~ In search of truth

पोखरा महानगरका महत्वपूर्ण सम्पदा ठेक्कामा दिने सम्झौता अघि नबढाउन उच्च अदालतको अन्तरिम आदेश

पोखरा/ताण्डव न्यूज

पोखरा महानगरपालिकाले केहि महत्वपूर्ण सम्पदा ४० वर्षका लागि ठेक्कामा दिने सम्झौता गरेसँगै उच्च अदालत पोखराले ती ठेक्का अघि नबढाउन अन्तरिम आदेश दिएको छ ।

महानगरले सेती सिल्ट्रेसन, सेती खोँच र पाताले छाँगो निजी कम्पनीलाई ठेक्का दिइसकेको छ । त्यसविरुद्ध पोखराका कानून व्यवसायीहरूले रिट हालेका थिए ।

Batas

उच्च अदालतले आज (आइतबार) अवेर अन्तरिम आदेश जारी गर्दै ठेक्का प्रक्रिया अघि बढ्नबाट रोकेको हो । महानगरले सेती क्यानोनसँग सेती खोँच र पाताले छाँगो ठेक्का सम्झौता गरेको थियो भने फेवा सिल्ट्रेसनसँग ड्यामको सम्झौता गरेको थियो । तत्कालका लागि काम अघि नबढाउन आदेश जारी भएको उच्च अदालत पोखराका रजिष्ट्रार श्रीलाल पौडेलले जानकारी दिए । कानून व्यवसायी सविन तिवारी सहित ३ जनाले रिट दर्ता गराएका हुन् ।

उनीहरूले ठेक्का नै रद्ध हुनुपर्ने माग गरेका छन् । फेवा ड्याम २४ वर्ष र बाँकी दुईवटा आयोजना ४० वर्षका लागि ठेक्का दिइएको हो ।

सम्बन्धित न्यूज

‘३५ वर्षे ठेक्का प्रकरण’मा पोखरा महानगरलाई कारण देखाउ आदेश जारी (आदेशसहित)

महानगरको ‘सेती थुन्ने’ सम्झौतामा अख्तियारको एक्सन, विज्ञ टोलीमार्फत अध्ययन-अनुसन्धान सुरु

रामघाटको ३५ वर्षे ठेक्का काण्डः कानुन भन्छ, ‘दिनै मिल्दैन’

सम्बन्धित भिडियो

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.