www.tandavnews.com
Fact ~ In search of truth

क्युआर कोडसहितको प्रमाणपत्रका लागि शुल्क नदिन आग्रह

काठमाडौं/ताण्डव न्यूज ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्धको खोप लगाएको क्युआर कोडसहितको प्रमाणपत्रका लागि कसैलाई पनि शुल्क नदिन आग्रह गरेको छ ।

खोप लगाएको क्युआर कोडसहितको प्रमाणपत्र लिन म्यानपावर कम्पनीहरुले शुल्क लिएको गुनासो आएको भन्दै मन्त्रालयले अनलाइनमार्फत आफैं फारम भर्न वा नजिकको स्वास्थ्य संस्थानमा भर्न लगाउन अनुरोध गरेको सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जानकारी दिए ।

Batas

क्युआर कोडसहितको प्रमाणपत्र आवश्यक पर्नेले खोपसम्बन्धी स्वास्थ्य मन्त्रायलयको वेबसाइटमा गएर आफैं भर्न सक्ने र आफैं भर्न कठिन भएमा नजिकको स्वास्थ्य संस्था वा स्वास्थ्यसेवा विभागबाट निशुल्क सहयोग लिन सक्ने सहप्रवक्ता अधिकारीको भनाइ छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.