www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी अपडेट: १० संक्रमितको मृत्यु,थपिए ६५६ संक्रमित

पोखरा /ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा पछिल्लो अपडेट अनुसार १० संक्रमितले ज्यान गुमाएका छन् ।

स्वास्थ्य निदेशनालयले दिएको जानकारी अनुसार ज्यान गुमाउनेमा पोखराका ६ जना, नवलपरासीका १ र स्याङ्जाका २ जना र तनहुँका १ जना रहेको निर्देशनालयले जनाएको छ ।

Batas

प्रदेशमा हालसम्म १ हजार २ सय २ संक्रमितले ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घण्टामा प्रदेशमा ६५६ संक्रमित थपिएका छन् ।संक्रमित हुनेमा कास्कीका २३१ जना, म्याग्दीका १४, पर्वतका ७, गोरखाका १६१,लमजुङका १४,तनहुँका ६, बागलुङका ९०, स्याङ्जाका ५१ र नवलपरासीका ८२ जना रहेका छन् ।

३६४ महिला र २९२ पुरुषमा संक्रमण पुष्टि भएको हो । यो सँगै संक्रमित हुनेको संख्या ७६हजार ३४२ पुगेको छ ।सोही समयमा गण्डकीमा ६१६ संक्रमितले कोरोना जितेका छन् । यो सँगै संक्रमणमुक्त बन्नेको संख्या ६८ हजार ९७२ रहेको छ ।

हाल प्रदेशमा ६ हजार १६८ सक्रिय संक्रमित छन् । जसमध्ये २ हजार ९८८ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.