www.tandavnews.com
Fact ~ In search of truth

विवेकशील साझाका ‘हेभिवेट’ मानिने महेश भण्डारीले राजीनामा दिए

दिपक के श्रेष्ठ
पाेखरा/ताण्डव न्यूज

विवेकशील साझा पार्टीका गण्डकी प्रदेश संयोजक एवं सचिवालय सदस्य महेश भण्डारीले २ हप्ताअघि पार्टीको कुनैपनि जिम्मवारी नरहने गरी राजीनामा दिएका छन् ।

भण्डारीले राजीनामा दिएपछि उनी हालसम्म पार्टीको सम्पर्कमा समेत रहेका छैनन् । यस विषयमा जानकारी दिँदै पार्टीका सूचना तथा सञ्चार विभाग प्रमुख प्रकाशचन्द्र परियारले करिब १५ दिनअघि भण्डारीले राजीनामा दिएको पुष्टी गरे । परियारले भने, ‘उहाँ (भण्डारी)ले राजीनामा दिनुभएको छ तर हामीले स्वीकृत गरेका छैनौं ।’

Batas

प्रदेश संयोजक भण्डारीले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएपनि मुलतः यो राजनीतिक विषय भएको परियारले बताए । ‘उहाँको राजीनामा राजनीतिक विषय हो, हामी राजनीतिकतवरले नै समाधान गर्न जुटेका छौं’ परियारले भने ।

भण्डारीले राजीनामा दिएपछि फिर्ता लिन पार्टीका संयोजक रविन्द्र मिश्रले आग्रह गरिरहेका छन् । सैद्धान्तिक विमतिलाई छलफल गरी सल्टाउने भन्दै राजीनामा फिर्ता लिन प्रयास गरेपनि भण्डारी सम्पर्कमा छैनन् । साझाको स्थापनाकालदेखि नै पार्टीलाई वैकल्पिक शक्तिकारुपमा स्थापित गर्न निरन्तर लागेका भण्डारीलाई पार्टीमै राख्न हरसम्भव प्रयास गरिने परियारले उल्लेख गरे ।

राजीनामाको विषयमा भण्डारीसँग निरन्तर फोन सम्पर्क गरेपनि उनले रिसिभ गरेका छैनन् । भण्डारी हाल काठमाण्डौंमा रहेको जानकारी प्राप्त भएको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.