www.tandavnews.com
Fact ~ In search of truth

अफगानिस्तानबाट १ सय २७ जनाकाे उद्धार

नेपाल अवतरण गरेका १ सय २७ जनामध्ये केही भारतीय नागरिक

अफगानिस्तानबाट १ सय २७ जना काठमाडौं आइपुगेका छन् । अफगानिस्तानबाट कतार हुँदै ११८ जना नेपाली काठमाडौं आइपुगेका छन् । नेपाल अवतरण गरेका १ सय २७ जनामध्ये केही भारतीय नागरिक भएको खुलेको छ ।

परराष्ट्र मन्त्रालयले ट्वीटरमार्फत् १ सय १८ जना नेपाली काठमाडौं आएको जानकारी दिएको छ । परराष्ट्र मन्त्रालयले सोमबार साँझसम्म १ सय ३४ नेपाली सम्पर्कमा आएको र सम्पर्कमा आएका सबैलाई उद्धार गर्ने जनाएको छ ।

अफगानिस्तानको काबुलबाट अमेरिकी एयरफोर्सले उनीहरुलाई उद्धार गरेकाे हाे । उनीहरूलाई दोहाबाट कुबेत हुँदै काठमाडौं ल्याइएको हो ।

Batas

उद्धार गरिएकालाई नेपाली सेनाले सामाखुसीस्थित आइसोलेसन सेन्टरमा लैजाने तयारी गरेको छ। अफगानिस्तानमा अझै केही नेपालीहरु उद्धारको पर्खाइमा छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणकाअनुसार अफगानिस्तानबाट कुबेत हुँदै १ सय २७ आज बिहान काठमाडौं आइपुगेको बताए ।

विद्रोही तालिबान समूहले अफगानिस्तानमा नियन्त्रण जमाएपछि त्यहाँका राष्ट्रपति असरफ घानीले देश छाडे र गएका थिए । परराष्ट्र मन्त्रालयले संयुक्त राष्ट्रसंघ र सहयोगी देशहरुलाई पनि पत्र लेखेर नेपालीलाई पनि उद्धार गरिदिन आग्रह गरेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.