www.tandavnews.com
Fact ~ In search of truth

प्रधानमन्त्री देउवा र जसपाका नेताबीच भेटवार्ता

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग जनता समाजवादी पार्टी नेपालका नेता महन्थ ठाकुुर, राजेन्द्र महतो, शरत्सिंह भण्डारी, लक्ष्मणलाल कर्ण लगायतले भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज भएको भेटमा उनीहरुले प्रधानमन्त्री देउवासँग मधेसका माग र मुद्दा सम्बोधनको प्रक्रियाबारे चासो व्यक्त गर्नुकाे नेता भण्डारी जानकारी दिए ।

भेटमा जसपाका नेताहरुले नागरिकतासम्बन्धी विधेयक, मधेस आन्दोलनका मुद्दा फिर्ता, लाल आयोगको प्रतिवेदन सार्वजनिक, संविधान संशोधनलगायत माग सम्बोधनका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

Batas

सो अवसरमा प्रधानमन्त्री देउवाले आफूले संसद्मा विश्वासको मत लिने बेलामा मधेसका माग सम्बोधन गर्ने सम्बन्धमा प्रतिबद्धता व्यक्त गरिसकेको बताउँदै सरकार व्यवस्थित भएपछि माग सम्बोधन प्रक्रिया अघि बढ्ने बताएको नेता भण्डारीले जानकारी दिएका छन्।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.