www.tandavnews.com
Fact ~ In search of truth

दल विभाजन अध्यादेशकाे सबैले विराेध गरौं: सचिव गोकर्ण विष्ट

नेकपा एमालेका सचिव गोकर्ण विष्टले राजनीतिक दल विभाजनका लागि अध्यादेश ल्याउने सरकारको निर्णय प्रतिगामी भएको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर सचिव विष्टले सरकारले ल्याउन लागेको अध्यादेशलाई फिर्ता लिन बाध्य पार्न अपिल पनि गरेका छन् ।
दलभित्र उत्पन्न हुने अन्तरविरोध र समस्यालाई दलभित्रै विधिसम्मत ढंगले समाधान खोज्नुको सट्टा विभाजनलाई प्रोत्साहित गर्ने कामले राजनीतिक अस्थिरता, अन्योल र अराजकता सिर्जना गर्ने विष्टको भनाई छ ।

 

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.