www.tandavnews.com
Fact ~ In search of truth

पुरूष टी–२० विश्वकप २०२१ को तालिका सार्वजनिक

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी) ले टी–२० विश्व कप २०२१ को तालिका सार्वजनिक गरेको छ ।

तालिकाअनुसार टी–२० विश्वकपको पहिलो खेल अक्टोबर १७ मा ओमान र पपुआ न्युगिनीबीच हुनेछ । त्यही दिन दोस्रो खेल बंगलादेश र स्कटल्यान्डबीच हुनेछ । त्यस्तै भारत र पाकिस्तानबीच अक्टोबर २४ मा खेल हुनेछ ।

टी–२० विश्वकप २०२१ को आयोजना पहिला भारतमा प्रस्ताव गरिएको थियो तर कोरोना संक्रमणका कारण भारतीय क्रिकेट बोर्ड (बिसिसीआई) ले यसलाई युएई र ओमानमा स्थानान्तरण गरेको होे ।

Batas

प्रतियोगिताको पहिलो चरणमा ८ क्वालिफाइङ टोलीले भाग लिनेछन् । यीमध्ये ४ टोलीले सुपर १२ मा स्थान बनाउने छन् । टी–२० विश्वकपको फाइनल नोभेम्बर १४ मा हुनेछ ।

सन् २०१६ पछि पुरुष टी–२० विश्वकप आयोजना गरिएको यो पहिलोपटक हो । यसअघि सन् २०१६ मा कोलकातामा खेलिएको फाइनलमा वेस्ट इन्डिजले इङ्ल्यान्डलाई हराएको थियो ।

सुपर १२ को कुनकुन देश छन् ?
समूह १– इङ्ल्यान्ड, अस्ट्रेलिया, दक्षिण अफ्रिका, वेस्ट इन्डिज
समूह २– भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.