www.tandavnews.com
Fact ~ In search of truth

कोरोना गण्डकी: पछिल्लो २४ घन्टामा ५ सय ४५ जना पोजेटिभ

प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घन्टामा गण्डकीका १ हजार २ सय ६८ जनामा गरिएको नमुना परीक्षणमा थप ५ सय ४५ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

पोजेटिभ रिपार्ट आएका मध्ये कास्कीका २ सय ६९, तनहुँका ५६, गोरखाका ५४, लमजुङका १८ र नवलपुरका ४३, स्याङ्जाका ६७, पर्वतका २, बागलुङका २४ र म्याग्दीका १२ जनाको रिपोर्ट पोजेटिभ आएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

मंगलबारमात्रै गण्डकीमा थप ४ जनाको मृत्यु भएको छ । मृत्यु पुष्टि हुनेमा नवलपुरका १, तनहुँका १, स्याङ्जाका १ र कास्कीका १ जना छन् ।

Batas

हालसम्म गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार २ सय ६ पुगेको छ भने कोरोनामुक्त हुनेको संख्या ६९ हजार ६ सय ६० पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

साथै देशभर पछिल्लो २४ घन्टामा थप ३ हजार २ सय ७४ मा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय ११ हजार ५ सय ६५ पिसिआर परीक्षणमा २ हजार ४ सय ५६ र ६ हजार १ सय २४ एन्टिजेन परीक्षणमा ८ सय १८ गरी जम्मा ३ हजार २ सय ७४ संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस संक्रमितको संख्या ७ लाख ३७ हजार २ सय ९४ पुगेको छ ।

 

 

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.