www.tandavnews.com
Fact ~ In search of truth

अफगानिस्तानबाट थप ७२ नेपाली आज बिहान स्वदेश फिर्ता

अफगानिस्तानबाट उद्धार गरिएका थप ७२ नेपाली आज बिहान स्वदेश फर्किएका छन् । उनीहरु आज बिहान ९ः१५ बजे कतार एयरवेजको जहाजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् ।

अफगानिस्तानबाट लण्डन पुर्याइएका उनीहरुलाई त्यहाँबाट दोहा हुँदै कतार एयरवेजको जहाजबाट आज बिहान काठमाडौँ ल्याइएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । ‘उनीहरुलाई होल्डिङ सेन्टरमा राखेर कोरोना परीक्षणलगायत प्रक्रिया पूरा गरी घर पठाइने छ,’ उनले बताए ।

मंगलबार २ चरणमा गरी २ सय ५ व्यक्तिलाई काठमाडौँ ल्याइएको थियो । जजिरा एयरलाइन्सको चार्टर्ड विमानबाट दिउँसो १ सय १८ र राति ८७ नेपाली स्वदेश फर्किएका थिए । रासस

Batas

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.