www.tandavnews.com
Fact ~ In search of truth

साउन ३१ गते रातिदेखि हराइरहेकी किशोरीको शव भेटियो

सर्लाहीमा साउन ३१ गते रातिदेखी हराएकी १६ वर्षीया किशोरीको शव भेटिएको छ । लालबन्दी नगरपालिका वडा नम्बर १७ रानीगन्जकी प्रियंका भुजेलको शव कालिन्जोर खोला किनारमा पुरिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

कालिन्जोर खोला मृतक किशोरीको घरदेखि झन्डै ३ किलोमिटर परपर्ने इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) निर्मल थापा बताए ।

किशोरीको हत्याको आशंकामा २ जनालाई पक्राउ गरी अनुसन्धान गर्दा शव भेटिएको हो । किशोरीका आफन्तले सामूहिक बलात्कारपछि हत्या भएको बताइएको छ ।

Batas

घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको देखिएकाले थप अनुसन्धान भइरहेको सर्लाहीका प्रहरी नायब उपरीक्षक (डिएसपी) माधवप्रसाद बुढाथोकीले जानकारी दिए । उज्यालोअनलाइन

 

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.