www.tandavnews.com
Fact ~ In search of truth

अन्तत: फुट्यो एमाले

नेपालको नेतृत्वमा ‘एमाले समाजवादी’

नेपाल पक्षले नयाँ पार्टीको नाम नेकपा एमाले (समाजवादी) राख्ने भएको छ । नेपाल पक्षका नेता मेटमणि चौधरीका अनुसार पार्टीको नाम नेकपा एमाले (समाजवादी) र चुनाव चिन्हमा खुला किताब प्रस्ताव गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेसँगै नेपाल समूहलाई नयाँ दल बनाउने बाटो खुलेको हो । दल विभाजन सम्बन्धी अध्यादेश जारी भएपछि नेपाल समूहले नयाँ पार्टी गठनको तयारी गरेको हो ।

केन्द्रीय सदस्यका अनुसार ‘नेकपा एमाले समाजवादी’ को संयोजकमा नेता नेपाल छन् भने ९५ सदस्यीय केन्द्रीय कमिटी हुनेछ ।

Batas

प्रमुख विपक्षी नेकपा एमाले विभाजित भएको हाे ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.