www.tandavnews.com
Fact ~ In search of truth

पोखरा अल्ट्रालाइटले भदौ ३ गतेदेखि उडान सुरु गर्दै

कोभिड–१९ को दोस्रो भेरियन्टका कारण वैशाखदेखि बन्द रहेको अल्ट्रालाइड ‘पुतली जहाज’ लाई विशेष स्वास्थ्य मापदण्ड अपनाएर भदौ ३ गतेदेखि सञ्चालनमा ल्याउने भएको छ ।

पोखराका अल्ट्रालाइट कम्पनीका प्रबन्ध निर्देशक पोमनारायण श्रेष्ठले कोभिड–१९ का कारण रोकिएको पर्यटनलाई चलायमान बनाउन अल्ट्रालाइट उडानलाई पुनः व्यवस्थित तरिकाबाट सञ्चालन गर्न लागिएको जानकारी दिएका हुन् ।

उनका अनुसार पहिलोचरणको कोरोनाका कारण रोकिएको उडान ८ महिनापछि गत वर्ष कात्तिकको २६ गतेदेखि सुरु गरेकामा पुनः दोस्रोचरणको कोरोनाका कारण यस वर्ष वैशाखबाट उडान रोकिएको थियो । नागरिक उड्डयन प्राधिकरणले तोकेको स्वास्थ्य मापदण्डलाई पूर्ण पालन गरेर उडान गरिने उनको भनाइ छ ।

Batas

श्रेष्ठले पर्यटकीय गतिविधि सुस्ताएको समयमा आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सहुलियत दिएर उडान गरिने बताए । ‘हामीले ६ हजार ५ सयमा अल्ट्रालाइट उडानको आनन्द दिलाउने छौं,’ श्रेष्ठले बताए ।

माछापुच्छ्रे्, अन्नपूर्णसहितका हिमशृंख्लाको दृश्यावलोकन गर्न सकिने साथै तालतलैया एवं धार्मिकरुपले पनि उस्तै महत्व राख्ने पोखराले पछिल्लो समय साहसिक खेलको सहरका रुपमा समेत आफ्नो परिचय थप्दै गएको छ ।

पोखरामा सन् १९९६ मा एभिया क्लबले अल्ट्रालाइट भित्र्याएको हो । पुतली जहाजसमेत भनेर चिनिने अल्ट्रालाइट पोखरामा मात्रै सञ्चालित छ । हाल एभिया क्लब, फिस्टेल र पोखरा, हेलिएयर नेपाल गरी ४ कम्पनीले अल्ट्रालाइट सञ्चालनको अनुमति लिएका छन् । अहिले भने पोखरा अल्ट्रालाइट प्रालिले मात्र उडान सुरु गरेको हो ।

अल्ट्रालाइट पोखरामा नागरिक उड्डयन प्राधिकरण मातहतबाट सञ्चालित रहेको छ । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.