www.tandavnews.com
Fact ~ In search of truth

कोरोना गण्डकीः पछिल्लो २४ घन्टामा ४ सय ५६ जना पोजेटिभ

प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घन्टामा गण्डकीका १ हजार ३ सय ३४ जनामा गरिएको नमुना परीक्षणमा थप ४ सय ५६ जनामा पोजेटिभ रिपार्ट देखिएको छ ।

रिपार्ट आएका मध्ये कास्कीका १ सय ४४, तनहुँका २६, गोरखाका ३६, लमजुङका १, नवलपरासी पूर्वका ५२, स्याङ्जाका ४०, पर्वतका १६, बागलुङका १ सय १८ र म्याग्दीका २३ जनाको रिपाट पोजेटिभ आएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
बुधबारमात्रै गण्डकीमा थप १० जनाको मृत्यु भएको छ ।

साथै देशभर पछिल्लो २४ घन्टामा २ हजार ६ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभरका प्रयोगशालामा गरिएको ११ हजार ८ सय ३९ आरटी पिसीआर परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

Batas

यस्तै, ४ हजार ९ सय ९९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७ सय ९० जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घन्टामा २ हजार १ सय ४ जना कोरोना संक्रमित निको भएका छन् भने संक्रमणका कारण ४२ जनाको मृत्यु भएको छ । योसँगै १० हजार ३ सय ९६ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म ९३.१४ प्रतिशत संक्रमणमुक्त भएका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.