www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा एमाले समर्थित युवाहरुमाथि प्रहरीको दमन

सरकारले ल्याएको अध्यादेशको विरुद्धमा पोखरामा युवाहरुले गरेको प्रदर्शनमा प्रहरीले दमन गरेको छ । प्रहरीको दमनबाट २ जना घाईते भएका छन् ।

सरकारी गाडीमा परिवार ओसारेको भनी युवाहरुले चाबी खोस्न लाग्दा प्रहरीले महेन्द्रपुलमा भेला भएका युवाहरुमाथि लाठी वर्षाएको थियो । लाठि प्रहारबाट युवा संघका अमित तिमिल्सिना र शिव पराजुली घाईते भएका छन् । उनीहरु दुवैको ओम हस्पिटल पोखरामा उपचार भईरहेको युवा संघले जनाएको छ । प्रहरी दमनको राष्ट्रिय युवा संघ र युथफोर्स गण्डकीले घोर भत्र्सना गर्दै दुवैजनाको स्वास्थलाभको कामना गरिएको छ ।

यसअघि केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पु¥याएर पार्टी विभाजन गर्न सकिने कानून बनाउनका लागि ल्याएको अध्ययादेश राष्ट्रपतिबाट प्रमााणित भएसंगै यूवाहरुले प्रर्दशन गरेका गिए । मानवअधिकार चोकबाट सुरु भएको विरोध ¥याली महेन्द्रपुलमा आएर कोण सभामा परिणत भएको थियोे । कोणसभा सकिएलगत्तै प्रहरीसंग मुठभेड भएको हो ।

Batas

युवाहरुले ‘शेरे तेरो पाराले दुख पाए साराले’, ‘दल विभाजनसम्बन्धी अध्यादेश खारेज गर’, ‘कम्फर्टेबल सरकार मुर्दाबाद’ लगायत नारा लगाउँदै प्रर्दशन गरेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश बुधबार जारी गरिसकेकी छन् । यसैबीच युवा संघले २४ घण्टामा अध्यादेश फिर्ता गर्न अल्टिमेटम दिएको छ । अध्यादेश फिर्ता नभए सशक्त आन्दोलनमा उत्रिने सभालाई सम्बोधन गर्दै युवा संघ गण्डकी अध्यक्ष महेन्द्र गुरुङले बताए । आफूहरु बाध्य भएर आन्दोलनमा उत्रनु परेको गुरुङले बताए । सभामा बोल्दै गुरुङले अध्यादेशले मुलुकलाई अस्थिरतातर्फ थकेल्ने बताएका छन् ।

अनेरास्ववियू कास्की अध्यक्ष विजय पौडेल परमादेशको सरकारले एमाले फुटाउन ल्याएको अध्यादेशको खाल्डोमा आफंै पर्ने बताएका छन् ।

पोखराको महेन्द्रपुलमा अनेरास्ववियु र राष्ट्रिय युवा संघको शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा प्रहरीको दमनबाट घाइते भएका अनेरास्ववियु कास्की जिल्ला कमिटीका कार्यालय सदस्य शिव पराजुली घाइते भएका छन्

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.