www.tandavnews.com
Fact ~ In search of truth

‘व्यक्तिगत आकांक्षाका लागि अलग हुने कुराले अर्थ राख्दैन’ : नेता गुरुङ

जीवन सुवेदी
पोखरा/ताण्डव न्यूज

नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता एवं पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सिद्धान्त र विचारका कारणले नभई व्यक्तिको रिसले पार्टीमा फूट आएको बताएका छन् ।

बिहीबार ताण्डव न्यूजसँग कुराकानी गर्दै नेता गुरुङले मूल सिद्धान्त र विचारबाट अलग भएर जानेहरुका कारण पार्टीमा खासै ठूलो असर नपर्ने बताए । ‘उहाँहरु कुनै मुद्धा, एजेण्डा बिना पार्टीबाट अलग हुनुभएको हो’, गुरुङले भने ‘व्यक्तिगत ईच्छा र आकांक्षाका कारण पार्टीबाट अलग हुने कुराले त्यति ठूलो अर्थ राख्दैन ।’ जनताले सबैको मुल्याङ्कन गरिरहेकाले व्यक्तिगत आकांक्षा राख्नेहरुलाई जनताले साथ नदिने बताए ।

Batas

एमालेमा २०३९ देखि नै फुट्ने र जुट्ने क्रम भएको स्मरण गर्दे नेता गुरुङले विगतको फूटको तुलनामा अहिलेको फूटले निकै झिनो असरमात्र पार्ने बताए । ‘२०५४मा पनि एमालेले फुट व्यहोरेकै हो नि, त्यतिबेला त बरु महाकाली सन्धी लगायतका एजेण्डा थिए, तर अहिले त एजेडा नै के छ उहाँहरुसंग ?’, उनले भने ‘मात्र केपि ओलीको रिसले पार्टी फुटाएर हुन्छ ?” त्यस समयमा पनि मालेको पक्षमा सुरुमा जनलहर देखिएपनि पछि सेलाउँदै गएर सबै मूलधारमा फर्केको स्मरण गर्न उनले आग्रह गरे । उनले भने “अझैपनि केहि बिग्रेको छैन । ठण्डा दिमागले सोच्नुस र फेरी एकताका लागि पहल गरौँ, व्यक्तिको रिसले कहिपनि पुगिँदैन” माधव नेपालप्रति लक्षित गर्दै गुरुङले भने ।

नेकपा एमाले लोकतान्त्रिक आन्दोलनको मूल र शशक्त पार्टी हो भन्दै उनले सिद्धान्त र विचारका आधारमा चल्ने नेता कार्यकर्ताहरुलाई विचलित नहुन आग्रह गरे । ‘अहिले दोश्रो पुस्ताका नेताहरु पनि पार्टी फूटको विरोधमा उत्रिनुभएको छ, पार्टी अझै सशक्त भएर अघि बढ्छ सबैजना संयमित हुनुपर्छ ” उनकाे अाह्यवान थियाे ।

पार्टीमा देखिएको फूटले गण्डकी प्रदेशमा भने ठूलो अर्थ नराख्ने उनले बताए । यद्यपी अहिल्यै मुल्याङ्कन गरिहाल्नु हतार हुने भन्दै नेता गुरुङले पार्टी एक ढिक्का भएर अघि बढ्ने सम्भावना प्रशस्त रहेको बताए ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.