www.tandavnews.com
Fact ~ In search of truth

नयाँ दल दर्ता भएपछि ३ शीर्ष नेताबीच भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा ‘माओवादी केन्द्र’ का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान झण्डै पौने १ घन्टा उहाँहरु बीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटका क्रममा मुलुकको समसामयिक राजनीति र मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल भएको बताइएको छ ।

Batas

सरकारले मंगलबार राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएसँगै नेकपा ‘एमाले’ विभाजन भएर नयाँ दल दर्ता भएपछि ३ शीर्ष नेताबीच आज भेटवार्ता भएको हो ।रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.