www.tandavnews.com
Fact ~ In search of truth

नेपाल पत्रकार महासंघ ललितपुर शाखाका परिषद् सदस्यमाथि अभद्र व्यवहार

नेपाल पत्रकार महासंघ ललितपुर शाखाका परिषद् सदस्य डिलबहादुर थोकरमाथि बुधबार दिउँसो भएको दुव्र्यवहारको भत्र्सना गरिएको छ ।

शाखाका सचिव रामहरि कार्कीले जारी गरेको विज्ञप्तिमा समाचार संकलनका क्रममा काभ्रे जिल्लाको भुम्लु गाउँपालिकाको कार्यालय पुगेका थोकर फर्किने क्रममा कार्यालय नजिकै बसेको अज्ञात समूहले दुव्र्यवहार गरेको उल्लेख गरिएको छ ।

‘बोलपत्र आह्वान फाराम हामीलाई नसोधी किन लिएको’ भन्दै उनीमाथि अभद्र व्यवहार गर्नाका साथै मोटरसाइकलको साँचोसमेत खोसेर लगेको र पछि पत्रकार भन्ने थाहा पाएपछि फिर्ता गरेकाले दोषीमाथि कानून बमोजिम कारवाहीको माग गरिएको जारी विज्ञिप्तमा उल्लेख गरिएको छ ।रासस

Batas

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.