www.tandavnews.com
Fact ~ In search of truth

‘लायन्स उद्यमी नमुना गाउँ’ कास्कीबाट शुभारम्भ

लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ बि १ नेपालको यो वर्षको मुख्य कार्यक्रम लायन्स ‘उद्यमी नमुना गाउँ’ बनाउने अभियान कास्कीबाट बुधबार शुभारम्भ भएको छ । पूर्वगृहमन्त्री तथा संघीय सांसद खगराज अधिकारीको प्रमुख आतिथ्यतामा थाम, ल्हाम्जा–५ मादीमा लायन्स उद्यमी नमुना गाउँ उद्घाटन गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथी सांसद अधिकारीले सामाजिक संस्था लायन्सले गरेका सेवा कार्यको प्रशंसा गर्दै ल्हाम्जा–५ मादीमा नमुना उद्यमी गाउँ बनाउने लायन्सको अभियानलाई सबै मिलेर सफल बनाउनुपर्ने बताए ।

डिष्ट्रिक्ट गभर्नर लायन विश्वेश्वर आर्चायले लायन्सले दीगो विकासका कार्यक्रम गर्ने उद्देश्यले यो वर्ष १४ वटा जिल्लाको १४ गाउँमा नमुना उद्यमी गाउँ बनाउने योजना ल्याएको बताए । लायन्सले गर्ने नियमित सेवाका कार्यसँगै नमुना उद्यमी गाउँ बनाउने अभियानमा सहकार्य गर्न सबैलाई आग्रहसमेत गरेका छन् ।

Batas

लायन्स मोडेल भिलेज कास्कीका प्रमुख तथा कार्यक्रम संयोजक टिकाराम सापकोटाका अनुसार उक्त गाउँमा लायन्सका सम्पूर्ण कार्यक्रम केन्द्रित गरी, विभिन्न किसिमका तालिम, सीप सिकाउँदै कृषि र पर्यटनको प्रर्वद्धन गर्दै गाउँलेलाई उद्यमी बनाउने अभियानमा लायन्स लागेको बताए ।

लायन्स उद्यमी गाउँ उद्घाटन कार्यक्रमका अवसरमा डिस्ट्रिक्ट तथा विभिन्न संघसंस्थाबाट प्राप्त करिब ६ लाख बराबारको सामाग्री गाउँलाई हस्तान्तरण गरिएको थियो । कार्यक्रममा लायन भिष्म पौडेलको पहलमा नमस्ते सामुदायिक प्रतिष्ठानको तर्फबाट प्राप्त २ थान हाते ट्रयाक्टर, चितेपानी फाउण्डेसनको तर्फबाट राईस मिल–१ थान, लायन्स क्लब अफ पोखरा राइजिङ स्टारबाट प्राप्त डस्टबिनहरु तथा डिस्ट्रिक्टबाट प्राप्त वाटर फिल्टर, बाध्यबाधनका सामाग्री, खेलकुद सामाग्री, फलफूलका विरुवा (एभोकाडो, कागती लगायत) का सामाग्री हस्तान्तरण गरिएको डिस्ट्रिक्ट ३२५ बि १ नेपालका क्याबिनेट सेक्रेटरी दुर्गाप्रसाद हुमागाईले बताए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.