www.tandavnews.com
Fact ~ In search of truth

चीनबाट ८ लाख मात्रा भेरोसेल खोप आइपुग्यो

चीनबाट ८ लाख मात्रा भेरोसेल खोप आइपुगेको छ । नेपाल वायु सेवा निगमको वाइडबडी विमानमार्फत गएराति ८ लाख मात्रा खोप नेपाल आइपुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार १६ लाख मात्रा खरिद गरिएको खोपमध्ये ८ लाख मात्रा पहिलोचरणमा आइपुगेको हो । उनले आज साँझ थप ८ लाख मात्रा खोप चीनबाट नेपाल आउने बताए ।

यस्तै अगामी शनिबार पनि जापानबाट अनुदानमा ६ लाख मात्रा एस्ट्राजेनिका खोप आउने उनले जानकारी दिएका छन् । प्राप्त भएको खोप प्राथमिकताका आधारमा लगाइने मन्त्रालयले जनाएको छ ।

Batas

अहिलेसम्म नेपालमा १ करोड १६ लाख खोप प्राप्त भइसकेको छ । सरकारले असोजसम्म खोप लगाउन लक्षित ३३ प्रतिशतलाई पूर्ण खोप र चैतमसान्तसम्म लक्षित सबैलाई खोप लगाउने लक्ष्य राखेको छ । अहिलेसम्म नेपालमा ४७ लाख ८५ हजार ९ सय २ पहिलो मात्रा र ३६ लाख ४९ हजार ७ सय ६० पूर्ण मात्राको खोप लगाइसकेका छन् । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.