www.tandavnews.com
Fact ~ In search of truth

घाँटीमा समस्या देखिएपछि कांग्रेस नेता गिरीको भारतमा उपचार हुँदै

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप गिरीको भारतको मुम्बईमा उपचार भइरहेको छ । घाँटीमा समस्या देखिएपछि केही दिनअघि मुम्बईस्थित हिन्दुजा अस्पताल भर्ना गरिएको उनको परिवारिक स्रोतले जानकारी दिएको छ ।

घाँटीमा एक्कासी समस्या देखिएपछि नेता गिरी उपचारका लागि मुम्बई गएको हो । उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिन कांग्रेस उपसभापति विमलेन्द्र निधि आज मुम्बई गएको उनका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिएका छन् ।

उपचारका लागि मुम्बई जानुअघि उपसभापति निधि र नेता गिरीबीच उपचारबारे सल्लाह भएको उनले बताए ।

Batas

उपसभापति निधि काठमाडौँबाट जनकपुर हुँदै मुम्बई गएका हुन् । ‘शुक्रबार निधिले गिरीलाई भेटेपछि उनको स्वास्थ्य अवस्थाबारे थप जानकारी प्राप्त हुनेछ’, दाहालले बताए । रासस
–––

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.