www.tandavnews.com
Fact ~ In search of truth

लगातार कीर्तिमान कायम राख्दै आएको नेप्सेमा दोहोरो अंकको गिरावट

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले घटेको छ । लगातार कीर्तिमान कायम राख्दै आएको नेप्सेमा सेयर कारोबार हुने साताको अन्तिम दिन आज भने करेक्सन देखिएको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा १८.२४ बिन्दुले गिरावट आई ३ हजार १८०.७८ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ८.३३ बिन्दुले घटेर ५९०.१५ बिन्दुमा सीमित भएको छ । कूल २ सय २९ कम्पनीको ३ करोड ९ लाख १२ हजार ६ सय ९७ कित्ता सेयर रु २० अर्ब ४९ करोड ९२ लाख १० हजार ७ सय ६७ मूल्यमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ५ उपसमूहको सेयर मूल्यमा वृद्धि भएको छ भने ८ उपसमूहको सेयर ओरालो लागेको छ । व्यापार १८.७१, निर्जीवन बीमा ४५७.४७, अन्य ३४.२२, लघुवित्त ५०.६३ र जीवन बीमा ४६८.५७ बिन्दुले बढेको छ । यस्तै बैंकिङ १९.५५, होटल तथा पर्यटन ३०.०७, विकास बैंक १६२.४५, जलविद्युत् १२३.३१, वित्त ७३.३१, उत्पादन १९.२८, सामूहिक लगानी कोष ०.१ र लगानी ४.९२ बिन्दुले घटेको छ ।

Batas

कारोबारका आधारमा अरुण काबेली शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १ अर्ब १६ करोड ७८ लाख ३२ हजार ४ सय ३५ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ । अरुण भ्याली हाइड्रोपावर रु १ अर्ब १६ करोड ५२ लाख ४० हजार ३ सय ८७, नेसनल हाइड्रोपावर रु ८३ करोड ३२ लाख २० हजार २ सय ४२, रिडी हाइड्रोपावर रु ५७ करोड ९८ लाख ६१ हजार ३ सय २० र एचआइडिसिएल रु ४८ करोड ६९ लाख ७ हजार २ सय २४ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

कारोबारका आधारमा जीवन विकास लघुवित्तको सेयरमा १० प्रतिशतले मूल्यवृद्धि हुँदा सकारात्मक सर्किट लाग्यो । रिडी हाइड्रो पावर ८.५९, साना किसान लघुवित्त ७.५१, सिइडिबी हाइड्रोपावर ६.९५ र युनाइटेड इन्स्योरेन्सका लगानीकर्ताले ६.३२ प्रतिशतले कमाए ।

यस्तै एचआडसिए, खानीखोाला हाइड्रोपावर, पञ्चकन्या माई हाइड्रोपावरको सेयर मूल्यमा १० प्रतिशतले गिरावट आउँदा नकारात्मक सर्किट लागेको छ । ङादी ग्रुप अफ पावर ८.७६ र माउन्टेन हाइड्रो नेपालका लगानीकर्ताले ८.१८ प्रतिशतले गुमाए । साताको अन्तिम दिनको कारोबारपछि बजार पूँजीकरण रु ४४ खर्ब ४३ अर्ब १८ करोड ७ लाख ८८ हजार २ सय १८ बराबर पुगेको छ । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.