www.tandavnews.com
Fact ~ In search of truth

आजदेखि कक्षा ११ र १२ का विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाइने

काठमाण्डौँ
ताण्डव न्यूज ।

सरकारले आजदेखि काठमाडौँ उपत्यकामा कक्षा ११ र १२ का विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गर्दैछ ।

कक्षा ११ र १२ मा अध्ययनरत साथै विश्व विद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीहरुलाई खोप दिइने स्वास्थ्य सेवा विभाग अन्तर्गतको खोप महाशाखा प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिए । १८ वर्ष पूरा भएका र परीक्षाको प्रवेश पत्र भएका विद्यार्थीले खोप लगाउन पाउने उनले बताए । नेपालमा कोरोनाविरुद्धको खोप लगाउनेको सङ्ख्या ४८ लाख १७ हजार ९ सय ८५ पुगेको छ । जसमा ३७ लाख ८ हजार ६ सय ८८ जनाले पूर्ण मात्रा लगाइसकेका छन् । गत वर्ष माघ १४ गतेबाट खोप अभियान सुरु भएको थियो ।

Batas

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा मात्रै देशभर ९१ हजार ११ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । खोप अभियानलाई थप प्रभावकारी बनाउनका लागि चीन, जापान लगायतका मुलुकबाट केही दिनभित्रमा थप खोप नेपाल आइपुग्ने डा गौतम जानकारी दिए । उनका अनुसार चीनबाट आज १६ मात्रा कोरोनाविरुद्धको खोप आइपुग्दैछ भने जापानबाट पर्सिसम्ममा थप खोप आइपुग्दैछ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.