www.tandavnews.com
Fact ~ In search of truth

अफगानका राष्ट्रिय फुटबल खेलाडीको देश छोड्ने कोसिसमा विमानबाट खसेर मृत्यु

अफगानिस्तानमा तालिबानले आफ्नो कब्जा जमाएपछि केही दिन अघि हज्जारौं मानिस देशबाट निस्कने कोसिसमा काबुलको हवाई अड्डामा जम्मा भएका कयांै तस्विर र भिडियो फुटेजहरु आए जसले संसारलाई स्तब्ध बनायो । काबुल एयरपोर्टको त्यो दृश्य, अमेरिकी विमानबाट मानिस खासेको तस्विरले सबैको मन कपाएको थियो ।

अफगानिस्तान प्रशासनले विमान चढ्ने कोसिसमा अफगानी युवा फुटबल खेलाडी जकी अनवरको मृत्यु भएको पुष्टि गरेको छ । जकी अनवर काबुलबाट निस्किएको एक अमेरिकी सैन्य विमानमा लुकेर चढ्ने कोसिस गरिरहेका बेला उनको मृत्यु भएको बताइएको छ ।

१९ वर्षका जकी अनवरीले अफगानिस्तानको राष्ट्रिय युवा टिमका लागि खेलिसकेका छन् । यद्यपि, उनको मृत्यु कहिले भयो, यसको जानकारी भने दिइएको छैन ।

Batas

काबुल विमानस्थलबाट सार्वजनिक भएका भिडियोमा थुप्रै मानिस विमान सँगसँगै दौडिरहेको र विमानमाथि चढिरहेको देखिएका थिए । थुप्रै मानिस विमानमा जबरजस्ती प्रवेश गर्ने कोसिस गरिरहेका थिए । स्थानीय मिडियाको रिपोर्ट अनुसार हवाई जहाज उडेपछि कम्तीमा २ जनाको खसेर मृत्यु भएको छ ।

अफगानिस्तानको शारीरिक शिक्षा एवं खेल महानिर्देशनालयले फेसबुकमा एक बयान जारी गरेर जकी अनवरीलाई श्रद्धाञ्जली दिएको छ । एजेन्सी

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.