www.tandavnews.com
Fact ~ In search of truth

‘झोले अध्यक्ष नबनौँ’ : राखेप सदस्य गुरुङ

पोखरा
ताण्डव न्यूज ।

राष्ट्रिय खेलकुद परिषद सदस्य एंवम् गण्डकी प्रदेश ईन्चार्ज राजेश गुरुङले खेलकुद संवद्व संस्थाका अध्यक्ष झोले हुन नहुने बताएका छन् । नेपाल मार्शल आर्टस् हाप्किडो संघ गण्डकी प्रदेशद्वारा पोखरामा आयोजित पत्रकार सम्मेलनमा फरक प्रसंगमा बोल्दै सदस्य गुरुङले यस्तो प्रतिक्रिया दिएका हुन् ।

खेलकुदको विकास र खेलाडीको हितमा काम गर्नुको सट्टा आसन ग्रहण गर्ने र फोटो खिच्ने काम गरेको भन्दै झोले अध्यक्ष हुन नहुने बताए । ‘तपाईहरु खेलाडी बन्ने हो अफिशियल होईन, उनले भने, ‘मजा गर्ने अध्यक्ष बन्ने आउने झोला बोक्ने आसन ग्रहण गर्ने कुर्चीमा बस्ने फोटो खिच्ने । त्यस्तो अध्यक्ष चाहिएको होईन । हामीलाई एक्टिभ अध्यक्ष चाहिएको हो । खेलाडीको भावना बुझ्ने चाहिएको हो ।’

Batas

उनले खेलकुद संवद्व संस्थाको अध्यक्षले खेलाडीको भावना बुझ्न सक्नुपर्ने बताउदै थपे, ‘केन्द्रीय अध्यक्ष जस्तो खेलाडीको भावना बुझ्ने र खेलप्रति ध्यान दिने हुन पर्याे । हामी खाली झोले अध्यक्ष बनेका छौ । यो खालको प्रवृतिले खेलकुदको कहिल्यै पनि विकास हुदैन । ’

सदस्य गुरुङले नेपाल मार्शल आर्ट्स हाप्किडो संघ गण्डकी प्रदेशले आयोजना गर्ने छैटौं राष्ट्रिय प्रतियोगिताको लागि खेलाडी प्रशिक्षणको लागि बहुउद्देश्यीय भवनको प्रयोग गर्न सकिने बताए । उनले हाप्किडो संघले आयोजना गर्ने प्रतियोगिताको लागि सहयोग गर्ने समेत प्रतिबद्धता जनाएका थिए ।

फागुनमा ‘छैटौं राष्ट्रिय हाप्किडो च्याम्पियनसिप २०७८’

सो पत्रकार सम्मेलन मार्फत नेपाल मार्शल आर्ट्स हाप्किडो संघ गण्डकी प्रदेशको उपाध्यक्ष समेत रहेकी कार्यक्रम संयोजक तारामाया थापा मगरले आगामी फागुनको १३ देखि १६ गतेसम्म पोखरामा ‘छैटौं राष्ट्रिय हाप्किडो च्याम्पियनसिप २०७८ ’ आयोजना गर्ने बताईन् ।

उनका अनुसार विभिन्न १० तौल समुहमा प्रतियोगिता हुनेछ । भने विजेता, उपविजेता र सान्त्वना स्थान हासिल गर्ने खेलाडीले प्रमाणपत्र, पदक सहित नगद पुरस्कार समेत प्राप्त गर्नेछन् । संयोजक थापामगरले सो प्रतियोगितामा देशभरका २ हजार बढि खेलाडीको सहभागिता रहने बताउदै २०–२५, २५–३०, ३०–३५, ३५–४०,४०–४५, ४५–५०, ५०–५५, ५५–६०, ६०–६५ र ६५–७० गरी विभिन्न १० तौल समुहमा प्रतिस्पर्धा हुने जानकारी दिईन् ।

उक्त प्रतियोगितामा खुल्ला प्रतिस्पर्धा समेत गर्न सकिने जानकारी दिदै सेल्फ डिफेन्स, डेमोन्स्टे«सन, हाई फल र लङ फलमा समेत प्रतिस्पर्धा गराईने आयोजकले जनाएको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.