www.tandavnews.com
Fact ~ In search of truth

अवैध रुपमा चन्दा संकलन गरेको अभियोगमा विजयपुरबाट ३ जना पक्राउ

पोखरा महानगरपालिका– २६ विजयपुरस्थित न्यू हाइवे स्टाफ होटेल एन्ड लजबाट अवैध रुपमा चन्दा संकलन गरेको अभियोगमा झापा बिर्तामोड नगरपालिका–१ बस्ने ३४ वर्षीया एलिजा बस्नेत लगायत ३ जनालाई नगद ४ लाख ६ हजार ४ सय ६ रुपैयाँसहित बिहिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

‘युनिक स्वयंसेवक नेपाल’ नामक संस्थाको नामबाट अवैध रुपमा चन्दा संकलन गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.