www.tandavnews.com
Fact ~ In search of truth

फिफा महिला वरियतामा नेपाल १ स्थान तल झर्यो

विश्व फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासंघ (फिफा) ले जारी गरेको महिला वरियतामा नेपाल १ स्थान तल झरेको छ ।

फिफाद्वारा आज जारी सार्वजनिक प्रतिवेदनमा नयाँ वरियतामा नेपाल १ स्थान तल झर्दै १ सय १ औं स्थानमा पुगेको हो । यसअघि नेपाल १ सय औं स्थानमा थियो । एसियाली राष्ट्रको वरियतामा भने नेपाल २१ औं स्थानमा रहेको छ भने दक्षिण एसियाली राष्ट्रको वरियता नेपाल दोस्रो स्थानमा छ । नेपालभन्दा अघि रहेको भारत ५७ औं स्थानमा छ ।

विश्व वरियतामा अमेरिका शीर्ष स्थानमा रहँदा स्वीडेन दोस्रो स्थानमा छ । त्यसैगरी जर्मनी तेस्रो, नेदरल्यान्ड्स चौथो, फ्रान्स पाँचौं, क्यानडा छैटौं, ब्राजिल सातौं, इंग्ल्यान्ड आठौं, उत्तर कोरिया नवौं र स्पेन १० औं स्थानमा रहेको छ ।

Batas

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.