www.tandavnews.com
Fact ~ In search of truth

कोरोना गण्डकीः पछिल्लो २४ घन्टामा थप ३ सय ३ जना पोजेटिभ

प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घन्टामा गण्डकीका १ हजार ३८ जनामा गरिएको नमुना परीक्षणमा थप ३ सय ३ जनामा पोजेटिभ रिपार्ट देखिएको छ ।

रिपार्ट आएका मध्ये कास्कीका १ सय १०, तनहुँका ३५, गोरखाका ४८, लमजुङका ४, नवलपुर ३७, स्याङ्जाका ३६, पर्वतका ७, बागलुङका १९ र म्याग्दीका ७ जनाको रिपार्ट पोजेटिभ आएको विज्ञप्तिमा उल्लेख गरिएको छ । शुक्रबारमात्रै गण्डकीमा थप ५ जनाको मृत्यु भएको निर्देशनालयकाले जनाएको छ ।

साथै देशभर पछिल्लो २४ घन्टामा २ हजार ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभरका प्रयोगशालामा गरिएको १० हजार ५ सय ३० आरटी पिसिआर परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो । यस्तै, ७ हजार १ सय २४ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९ सय ९३ जनामा संक्रमण पुष्टि भएको छ ।

Batas

पछिल्लो २४ घन्टामा २ हजार २ सय ४४ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ६ लाख ९३ हजार ५ सय ४३ पुगेको छ । संक्रमणका कारण २६ जनाको मृत्यु भएको छ । योसँगै १० हजार ४ सय ५५ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म ९३.१४ प्रतिशत संक्रमणमुक्त भएका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.