www.tandavnews.com
Fact ~ In search of truth

दूर्गम दार्चुलामा खोप बोकेर बिरमाको यात्रा, युनिसेफले भन्यो ‘अतुलनीय कार्य’ (फोटो फिचरसहित)

पाेखरा
ताण्डव न्यूज ।

दार्चुलामा कार्यरत स्वास्थ्यकर्मी बिरमाले खोप बोकेर सम्बन्धित स्वास्थ्य कार्यालयमा पुर्याउँदै गरेको तस्बिरलाई युनिसेफ साउथ एशियाले सह्राहना गरेको छ । बिरमा दार्चुलाको कहाँ र कुन स्वास्थ्य संस्थामा कार्यरत छिन् भन्ने नखुलाईए पनि युनिसेफले उनको कर्मलाई सम्मान गर्दै ‘उदाहरणीय कार्य’ भनेको छ ।

Batas

अमेरिकाको सहयोगमा नेपाल पठाइएको कोभिडविरुद्धको १५ लाख डोज खोपको केही मात्रा दार्चुला पठाइएको हो । उक्त खोप सम्बन्धित स्वास्थ्य संस्थामा पु¥याउन बिरमाले दूर्गम क्षेत्रको पहाड, पुल र खेतको बाटो हिँडेको तस्बिर युनिसेफले सार्वजनिक गरेको छ ।

युनिसेफले भनेको छ, ‘अनगिन्ती उकाली, ओराली, खोलाको किनार र पहाडको दूर्गम बाटोमा घण्टौं लगाएर बिरमाले ‘कार्गाे’को काम गरिरहेकी छिन् ।’ बिरमाले कार्गाे गरेको खोप कोभ्याक्स हो । बिरमाले खोप बोकेर हिँडेको तस्बिरको अन्त्यमा एक स्वास्थ्यचौकीमा उक्त खोप लगाइदिँदै गरेको तस्बिरसमेत राखिएको छ । ‘सबै सुरक्षित नभई कोही पनि सुरक्षित हुँदैन’ युनिसेफको साउथ एसिया च्याप्टरले भनेको छ ।

तस्बिरः युनिसेफ साउथ एशिया

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.