www.tandavnews.com
Fact ~ In search of truth

परीक्षामा ९९.९९ र ९९.९७ प्रतिशतमात्रै नम्बर आएपछि असन्तुष्ट विद्यार्थीले पुनः परीक्षा दिए, त्यसपछि ….

ताण्डव न्यूज ।

अधिकांश परीक्षा उत्तीर्ण गर्न १०० पूर्णाङ्कमा ४० नम्बर प्राप्त गरे पर्याप्त हुन्छ । तर भारतमा भएको ज्वाइन्ट इन्ट्रान्स इक्जामिनेशन (जेइइ)मा सहभागी दुई विद्यार्थीले ९९ प्रतिशतभन्दा बढी नम्बर ल्याएपनि चित्त नबुझेपछि पुनः परीक्षा दिएका छन् । उनीहरु हुन्, मृदुल अग्रवाल र काव्या चोपरा ।

जेइइको यस वर्ष फेब्रुअरीमा भएको परीक्षामा भारतभरका करिब ६ लाख विद्यार्थीले सहभागिता जनाएका थिए । जसमध्ये १३ जनाले अधिक नम्बर प्राप्त गरेका थिए । सोही १३ जनाभित्र परेका थिए अग्रवाल र चोपरा । नतीजा अनुसार अग्रवालले ९९.९९ र चोपराले ९९.९७ प्रतिशत नम्बर पाएका थिए । दुबैले सयमा सय प्रतिशत नै नम्बर आउनुपर्ने भन्दै असन्तुष्टी व्यक्त गरेका थिए ।

Batas

उनीहरु सफल भएपनि प्राप्ताङ्कमा चित्त नबुझेको भन्दै पुनः परीक्षाको माग गरे । माग बमोजिम परीक्षा बोर्डले पुनः परीक्षा लिएपछि दुबैले ‘फुल माक्र्स’ प्राप्त गरेका छन् । जेइइको परीक्षा ३ सय पूर्णाङ्कमा लिइन्छ ।

शतप्रतिशत नम्बर ल्याएपछि भारतीय सञ्चारमाध्यम न्यूज १८ र न्यूज नाउसँग कुरा गर्दै दुबैले इन्ट्रान्स परीक्षाका लागि दैनिक ८ घण्टा मिहिनेत गरेको बताएका छन् । भारतभर रहेका इञ्जिनियरिङ र कम्युटर साइन्स कलेजमा पूर्ण छात्रवृत्ति पाउन जेइइ परीक्षा सञ्चालन गरिन्छ ।

दुबैको चाहना इन्डियन इन्ष्टिच्युट अफ टेक्नोलोजी बाम्बेमा कम्प्युटर साइन्स पढ्ने रहेको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.