www.tandavnews.com
Fact ~ In search of truth

लागूऔषधसहित पोखराका १ युवक पक्राउ

लागूऔषधसहित पोखराका १ यूवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका– २६ बस्ने वर्ष २४ को अनिल गुरुङलाई जिल्ला प्रहरी कार्यालय नवपरासीले आज बिहान पक्राउ गरेको हो । उनको साथबाट डाईजोपाम ७५ एम्पुल, नुफिन ७५ एम्पुल, फेनारगन ७५ एम्पुल गरी जम्मा २ सय २५ एम्पुल लागूऔषध फेलापरेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका–८ विजयचोक स्थित पूर्वपश्चिम राजमार्गमा खटिएको प्रहरी चेकिङ टोलीले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ५ ख ४९२६ नंको बस चेकजाँच गर्ने क्रममा उनी पक्राउ परेको प्रहरी वरिष्ठ उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिए । पक्राउ परेका गुरुङ विरुद्ध लागूऔषध मुद्धामा थप अनुसन्धान तथा कारवाही प्रक्रिया अघि बढाइएको उनले बताए ।

Batas

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.