www.tandavnews.com
Fact ~ In search of truth

माछा मार्न गएका चौधरी मृत भेटिए

नवलपरासी पूर्व मध्यबिन्दु नगरपालिका– १५ स्थित उल्टीखोलाले बगाउँदा १ व्यक्तिको ज्यान गएको छ ।

भदौ २ गते दिउँसो ३ बजेको समयमा माछा मार्न भन्दै खोलातिर गएका स्थानीय सिमरा टोल बस्ने वर्ष ५५ का चिनबहादुर चौधरी आज मृत अवस्थामा फेला परेका हुन् ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले दिएको जानकारी अनुसार घटनास्थलबाट अन्दाजी २ सय मिटर तल सोही खोलामा उनी मृत भेटिएका थिए । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरी वरिष्ठ उपरीक्षक मोहन प्रसाद पोखरेलले जानकारी दिए ।

Batas

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.