www.tandavnews.com
Fact ~ In search of truth

जयसिंह धामीको न्यायका लागि ९ हजार ५ सय हस्ताक्षर संकलन

महाकाली नदीमा तुइनतर्ने क्रममा बेपत्ता भएका दार्चुलाका जयसिंह धामीको न्यायका लागि सुदूरपश्चिममा ९ हजार ५ सय हस्ताक्षर संकलन गरिएको छ ।डडेल्धुरा, कञ्चनपुर, कैलाली र दार्चुलामा हस्ताक्षर संकलन गरिएको जरोकिलो पार्टीका सुदूरपश्चिम प्रदेश अध्यक्ष खिमानन्द जोशीले बताए ।

‘बेपत्ता धामीको शव खोज्नुपर्ने, घटनाको अनुसन्धान गरी जानकारी गराउनुपर्ने र परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग राख्दै हस्ताक्षर अभियान सञ्चालन गरेका हौं,’ उनले भने, ‘संकलित हस्ताक्षर प्रधानमन्त्रीलाई बुझाउँछौं ।’

ड्रोन क्यामेराका सहयोगमा धामीको शव खोज्ने कार्य गरिए पनि फेलापार्न सकिएको छैन । रासस

Batas

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.