www.tandavnews.com
Fact ~ In search of truth

ढोरबराह हिँडेका दर्शनार्थी बाढीले गर्दा अलपत्र

भुजीखोलामा आएको बाढीले कच्ची सडकमा क्षति पुर्याएपछि जनैपूर्णिमाका लागि ढोरबराहा मन्दिर हिँडेका दर्शनार्थी बाटोमै अलपत्र परेका छन् । बागलुङको ढोरपाटन नगरपालिका–९ स्थित बोबाङको भुजी खोलामा आएको बाढीले बुर्तिवाङ–ढोरपाटन सडकको ठाउँ–ठाउँमा क्षति पुर्याएको छ ।

शनिबार बिहानै बुर्तिवाङ बजारबाट ढोरपाटनतर्फ लागेका दर्शनार्थीमध्ये केही पैदल त केही सवारी साधनमा थिए । कोरोना महामारीका कारण जिल्ला प्रशासन कार्यालयले शुक्रबार नै पुनः निषेधाज्ञाको आदेश जारी गरेको थियो ।

यसअघि जारी निषेधाज्ञा भदौ ५ गतेसम्म जारी रहेकामा ६ गतेदेखि अवरोध नहुने आशामा स्थानीयबासीले आज पूर्णिमाका दिन ढोरबराहमा पूजाको कार्यक्रम गर्ने योजना बनाई प्रचारप्रसारसमेत गरेका थिए । शुक्रबार नै थप निषेधाज्ञाको आदेश जारी हुनाका साथै बाढीले पनि सडक अवरुद्ध गराएकाले यस वर्ष दर्शनार्थको कार्यक्रम बिथोलिएको हो ।

Batas

ढोरपाटनमा ३ दिनयता निरन्तरको वर्षाका कारण बोबाङको दुवाल, भुसण्डे, सुप्राङलगायत स्थानको सडकखण्ड बाढीले सडक बगाउनका साथै कतिपय स्थानमा खोला नै बगिरहेकाले पूजा गर्न जान कठिन भएको स्थानीय यात्री हेमलाल गैरेले जानकारी दिए ।

एउटा स्काभेटरले काम गरिरहे पनि आजसम्म खुलाउन सकेको छैन । अहिले पनि १५ जीप, २५ मोटरसाइकल बाटो खेलेपछि ढोरपाटन जाने पर्खाइमा छन् । ढोरपाटन शिकार आरक्ष क्षेत्रस्थित उक्त मन्दिरमा जनै पूर्णिमाका दिन ठूलो मेला लाग्दै आएको छ ।

नगरपालिका, निसीखोला गाउँपालिका र छिमेकी जिल्ला रुकुमबाटसमेत दर्शनार्थी पूजाका लागि ढोरबराह पुग्ने गरेका थिए । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.