www.tandavnews.com
Fact ~ In search of truth

भीडभाड नगरी चाडपर्व मनाउन गृहमन्त्रालयको आग्रह

गृहमन्त्रालयले चाडपर्व मनाउँदा र दैनिक आवश्यक वस्तु खरिद बिक्री गर्दा भीडभाड नगरी स्वास्थ्यको मापदण्ड पालना गर्न अनुरोध गरेको छ । साँस्कृतिकरूपमा मनाइने पर्वलाई औपचारिकता मात्र दिन पनि नागरिकसँग आग्रह गरिएको गृहमन्त्रालयका प्रवक्ता फडिन्द्रमणि पोखरेलले बताए ।

सबै जिल्ला प्रशासन कार्यालयलाई आन्तरिकरुपमै निर्देशन दिँदै भिडभाड हुने गतिविधि रोक्न र पर्वलाई औपचारिकता दिनेगरी काम गराउन भनिएको उनले जानकारी दिए । अवस्था हेरेर स्मार्ट लकडाउनको अवधारणालाई कार्यान्वयनमा ल्याइएकाले सोही आधारमा स्थानीय प्रशासनले भूमिका निर्वाह गर्ने प्रवक्ता पोखरेलले बताए ।

कोभिड–१९ को अवस्था हेरेर आवश्यकताअनुसार निषेधाज्ञा लागु गर्ने वा खुकुलो बनाउने अधिकार दिइएकाले सोहीअनुसार स्थानीय प्रशासन सक्रिय हुँदै आएको र चाडवाडका बेलामा पनि सोही प्रक्रिया अपनाइने भएको छ ।

Batas

उपत्यकामा यही ८ गतेसम्मका लागि निषेधाज्ञा गरिएको छ । काठमाडौँ जिप्रकाले अहिले पनि कोभिड–१९ को संक्रमण बढिरहेकाले जनैपूर्णिमासँगै सोमबार हुने गाईजात्रा भीडभाड नगरी मनाउन अनुरोध गरेको छ । प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले स्वास्थ्य र सुरक्षाका सबै मापदण्ड पालना गर्न पनि अनुरोध गरेका छन् ।

प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार सरकारको आदेश र स्थानीय प्रशासनबाट जारी निषेधाज्ञाअनुसार नै शान्ति सुरक्षा, कोभिड संक्रणम नियन्त्रण र भिडभाड रोक्न ७७ वटै जिल्लामा प्रहरी परिचालन भइरहेको छ ।

निषेधाज्ञाका बेलामा पनि ठाउँठाउँका व्यापारिक केन्द्र, मठमन्दिर र सार्वजनिक क्षेत्रमा भीडभाड हुने गरेकाले कोरोनाको जोखिम बढ्दो देखिन्छ । आज जनैपूर्णिमाका दिन विभिन्न शक्तिपिठमा मानिसको भिड थियो । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.