www.tandavnews.com
Fact ~ In search of truth

सराङकोट स्थित नवनिर्मित फुटट्रयाक वरिपरी वृक्षरोपण

पोखरा महानगरपालिका वडा नं १८ सराङकोट स्थित नवनिर्मित फुटट्रयाक वरिपरी अभियान युवा क्लबले वृक्षरोपण गरेको छ । सराङकोट भ्युटावरबाट करिब ४ सय मिटर पश्चिमतर्फ दुई दैले सामुदायिक वन उपभोक्ता समितिसँगको समन्वयमा क्लबले सुन्दरता दिने वृक्षहरु सारिएको हो ।

क्लबका अध्यक्ष राजु गिरीले वृक्षरोपणसँगै यसको संरक्षण आवश्यक रहेको बताए । फुटट्रयाकमा हिँड्ने पैदलयात्रीलाई स्वच्छ वातावरणका साथमा सकारात्मक उर्जा प्राप्त हुने भन्दै सुन्दरता दिने वृक्ष सारिएको उनको भनाई छ । वृक्षहरुको मलजल तथा संरक्षण गरी हुर्काउने जिम्मेवारीमा सबै लाग्न अनुरोध समेत क्लब अध्यक्ष गिरीले गरे ।

त्यस्तै दुई दैले सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष मोहनबहादुर थापाले उक्त फुटट्रयाकलाई अझ व्यवस्थित गरी संरक्षण गरिने बताए ।

Batas

त्यसैगरी कार्यक्रम संयोजक राजेन्द्र खत्रीले वृक्षरोपणमा साथ दिने सबैलाई धन्यवादज्ञापन गर्दै क्लब समाज सेवाका लागि लागिरहेको जानकारी दिए । कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष मोहनबहादुर केसी तथा दुई दैले सामुदायिक वन उपभोक्ता समितिका सचिव शुशील जिसीले वृक्षको संरक्षणमा सबै लाग्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रमको सञ्चालन क्लवका सचिव मुक्त गिरीले गरेका थिए ।

क्लबले उक्त फुटट्रयाक वरिपरी ८० वटा विरुवा सारेको हो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.