www.tandavnews.com
Fact ~ In search of truth

जापानबाट ५ लाख ५९ हजार मात्रा खोप आज आउने

जापानले अनुदानमा पठाएको कोरोनाविरुद्धको ५ लाख ५९ हजार मात्रा खोप आज नेपाल आउने भएको छ ।

जापानले अनुदानमा दिएको एस्ट्राजेनेका खोप नेपाल आउन लागेको हो । यसअघि गत शनिबार २ लाख ८ हजार ७ सय मात्रा खोप जापानबाट नेपाल आएको थियो ।

जापानले आज र अस्ति उपलब्ध गराएको एस्ट्राजेनेका खोप प्रदेश १ र २ का ६५ वर्ष माथिका कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएकाहरूलाई उपलब्ध गराउने तयारी भइरहेको स्वास्थ्य मन्त्रालय अन्तर्गतको खोप महाशाखाका प्रमुख झलक शर्मा गौतमले जानकारी दिए ।

Batas

जापानले १६ लाख १४ हजार ७ सय ४० मात्रा एस्ट्राजेनेका खोप उपलब्ध गराउने घोषणा यसअघि नै गरेको थियो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.